३१ जेठ २०८३, आइतबार

उत्तर कोरियाले अझै पनि लुकीछिपी हतियार बनाउँदैछ : अमेरिकी परराष्ट्रमन्त्री

उत्तर कोरियाले अझै पनि लुकीछिपी हतियार बनाउँदैछ : अमेरिकी परराष्ट्रमन्त्री

काठमाडौं – अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले बुधवार सिनेट कमिटीलाई बताएअनुसार, उत्तर कोरिया अहिले पनि आणविक बमका लागि सामग्री जम्मा पारिरहेको छ । 

उनले भने, ‘उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध अघि बढिरहेको छ र राष्ट्रपति ट्रम्प उसको आणविक अप्रसारका सम्बन्धमा उत्साहित छन् । तर उत्तरसँग अमेरिकालाई खतरा उत्पन्न गराउने प्रणाली अझै रहेको कुरा ट्रम्पले पनि मान्नेछन् ।’

नौ महिनासम्म कुनै क्षेप्यास्त्र प्रहार नगरेको भनी ट्रम्पले उत्तर कोरियाको प्रशंसा गरेको दुई दिनभित्रै पम्पिओको यस्तो बयान आएको हो । 

पम्पिओका अनुसार, अमेरिका उत्तर कोरियालाई आणविक सम्झौताका लागि असीमित समय दिन सक्दैन । 

आफूले उत्तरको भ्रमण गर्दा किमका निकट जनरल किम योङ–चोललाई कडा शब्दमा यो कुरा बताइसकेको उनले जानकारी दिए । 

तर उत्तरले बिस्तारै वाचाहरू पूरा गरिरहेको पनि पम्पिओले स्वीकारे । हालै भूउपग्रहबाट लिइएका तस्वीरमा किम जोङ–उनले आफ्नो क्षेप्यास्त्र परीक्षणस्थललाई नष्ट गरेको देखिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्