१५ असार २०८३, सोमबार

आमाको अन्तिम संस्कारको अघिल्लो दिन शुटिङ गर्न चाहन्थिन् श्रीदेवीकी छोरी

आमाको अन्तिम संस्कारको अघिल्लो दिन शुटिङ गर्न चाहन्थिन् श्रीदेवीकी छोरी

जाह्नी कपूरको डेब्यु फिल्म धडकले बक्स अफिसमा जबरजस्त कमाइ गरिरहेको छ । फिल्म ५० करोडको क्लबमा सामेल हुने बाटोमा छ ।

धडक जाह्नीको लागि एक यस्तो प्रोजेक्ट हो जसले उनलाई आमा श्रीदेवीको मृत्यु पछि स्वंलाई सम्हाल्न सहयोग गरेको थियो । 

हालसालै फिल्म फेयरलाई दिएको अन्तर्वार्तामा जाह्नवीले आफ्नी आमा श्रीदेवी विनाको जिन्दगी सोच्नु उनका लागि अहिलेपनि मुस्किलको विषय हो । 

उनले अहिलेसम्म पनि आमाको मृत्युलाई स्वीकार गर्न नसकेको बताइन् । म आमाको अन्तिम संस्कारको अघिल्लो दिन नै फिल्म धडकको सुटिङ गर्न चाहन्थे तर सुटिङ क्यान्सिल भयो उनले भनिन् । 

उनले यसअघि नि श्रीदेवीको मृत्युपछि उनलाई फिल्मको सुटिङ गर्न मुस्किल परेको बताइसकेकी थिइन् । 

श्रीदेवीको केही समय अघि दुबैको एक होटलमा बाथ टपमा डुकेपछि निधन भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्