३१ जेठ २०८३, आइतबार

पाइपबाटै अब घरघरमा ग्यास !

साउन ११, २०७५
पाइपबाटै अब घरघरमा ग्यास !

विराटनगर – जतुवा क्षेत्रमा अचेल धमाधम पाइप बिछ्याइँदै छ । त्यसबाट पानी होइन, ग्यास बग्नेछ । यही साउनभित्र । महानगर १४ को यस इलाकाका बासिन्दाको चुलोमा त्यही पाइपको ग्यास आइपुग्नेछ ।

सिलिन्डर बोक्ने झन्झट सकिनेछ । तीन दशकदेखि सञ्चालनमा रहेको गौशालाबाट बायोग्यास निकालिएको हो । ‘पहिलो चरणमा ३२ घरमा ग्यास वितरण गर्न पाइप जडान भइसकेको छ,’ संस्थाका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘साउनभित्रै परीक्षण गरी नियमित ग्यास उपलब्ध गराउने तयारीमा छौं ।’ प्रत्येक घरमा दुइटा चुलो र ग्यास प्रयोग गर्न चाहिने सामान न्यूनतम मूल्यमा गौशालाले उपलब्ध गराएको छ । यो आजको कान्तिपुर दैनिकमा छापिएको खबर हो  ।
कान्तिपुरमै पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट बिजुली निकालिएको खबर छापिएको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले खाना पकाउने ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ ।

उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्छा–भान्छामा ग्यास पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘यो सस्तो मात्र होइन, वातावरणमैत्रीसमेत छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्