२७ जेठ २०८३, बुधबार

गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरू पूर्णिमा पर्व मनाइँदै

गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरू पूर्णिमा पर्व मनाइँदै

काठमाडौं– आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाउने गरिन्छ । 

आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरूलाई आमाबुवा सरह मान्ने गरिन्छ । 

वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरू भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरू भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरू माता–पिता हुन् भने द्वितीय गुरू पुरोहित, शिक्षक आदि हुन् । 

परम्परागत रुपमा गुरू पूर्णिमाका दिन शिष्यहरूले गुरुलाई भेट्ने चलन थियो, तर अहिले भने भेट्न भ्याउनेले भेट्छन् नभए टेलिफोन तथा सामाजिक सञ्जालमार्फत शुभकामना दिने गर्छन् ।

महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्