०१ असार २०८३, सोमबार

इमरान खानले आफ्नो परराष्ट्रनीतिको दिए संकेत

इमरान खानले आफ्नो परराष्ट्रनीतिको दिए संकेत

काठमाडौं – पाकिस्तानको आमनिर्वाचनमा जीतका साथ इमरान खानले आफ्नो परराष्ट्रनीतिको संकेत दिन थालेका छन् ।

खानले भारतसँगको राम्रो सम्बन्ध बनाउने प्रयास गरेको भएपनि उनले स्पष्ट रूपमा आफ्नो झुकाव चीनप्रति रहने बताए । 

जीतपछिको पत्रकार सम्मेलनमा चीन, साउदी अरब र इरानसँग बलियो सम्बन्ध बनाउने इमरानले बताए । अनि उनले अमेरिकासँग बिग्रिरहेको सम्बन्ध सुधार्ने आफ्नो प्राथमिकता नरहेको बताए । 

इमरानले भने, ‘पाकिस्तानलाई अहिले शान्तिको आवश्यकता छ । तर मुलुकमा शान्ति बहाल गर्न अमेरिकाको आवश्यकता छैन ।’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको बयानमा इमरानले भने, ‘हामी अमेरिकासँग सम्बन्ध सुध्रिने आशा गर्छौं तर यो एकतर्फी हुन सक्दैन ।’

भारतसँगको सम्बन्धमा इमरानको भनाइ छ, ‘पाकिस्तानमा केही हुँदा भारतलाई जिम्मेवार ठह–याइन्छ अनि भारतमा केही हुँदा पाकिस्तानलाई । यसरी आरोपप्रत्यारोपले कसैलाई लाभ हुँदैन । सम्बन्धलाई अघि बढाउनलाई यो तरिका ठीक छैन । उपमहाद्वीपमा शान्ति र स्थिरताका लागि दुवै मुलुकले प्रयास गर्नुपर्छ ।’

आफ्नो परराष्ट्रनीतिमा चीनलाई प्राथमिकतामा जोड दिँदै उनले चीनसँगको सम्बन्ध दुवै मुलुकका लागि महत्त्वपूर्ण रहेको उनले बताए । उनले भने, ‘चीनले चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर निर्माण गरेर हामीलाई एउटा मौका दिएको छ
। हामीले चीनसँग कसरी देशका मानिसलाई गरीबीबाट निकाल्ने र भ्रष्टाचारसँग लड्ने पनि सिकाएको छ ।’ 

साउदी अरबलाई पाकिस्तानको पुरानो साथी बताउँदै इमरान खानले पाकिस्तानलाई अप्ठ्यारो पर्दा साउदीले साथ नछोडेको बताए । 

तालिबानसँग कुराकानीको पैरवी गर्ने र उनीहरूप्रति झुकाव राख्ने भनी आलोचना खेपेका इमरानले अफगानिस्तान सीमा खुला राख्ने र शान्तिपूर्ण वार्ता गर्ने आफूहरूको प्राथमिकता रहेको बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्