११ असार २०८३, बिहीबार

मोदीले अटोग्राफ दिएकी युवतीलाई आउन थाल्यो विवाह प्रस्ताव

मोदीले अटोग्राफ दिएकी युवतीलाई आउन थाल्यो विवाह प्रस्ताव

काठमाडौं – भारतको पश्चिम बंगालको मिदनापुरमा भएको टेन्ट दुर्घटनामा बाँचेकी रिता मुदीले प्रधानमन्त्री नरेन्द्र मोदीको अटोग्राफ पाएपछि आफ्नो गाउँमा सेलेब्रिटी बनेकी छन् । 

रिता क्रिस्चन कलेजमा पढ्छिन् । उनको गाउँ कोलकाताबाट २३० किलोमिटर पर छ । अटोग्राफ पाएपछि उनी चर्चित बनिन् र उनलाई विवाहका प्रस्ताव आउन थालेका छन् । 

रितालाई अहिलेसम्म विवाहका दुईवटा प्रस्ताव आएका छन् । उनी पछिल्ला १० दिनमा निकै व्यस्त छिन् । 

पत्रकारसँगको कुराकानीमा उनले भनिन्, ‘अस्पतालमा प्रधानमन्त्री मोदी मनजिक आउँदा मैले उहाँलाई देखेर एकदम खुशी छु भनें ।’

असार ३२ गते रिता आफ्नी आमा र बहिनीका साथ मोदीको भाषण सुन्न मिदनापुर गएकी थिइन् । रिता र उनको परिवार एउटा टेन्टमुनि बसिरहेको बेला त्यो खस्यो । घटनामा रिता चोटग्रस्त बनिन् र उनलाई अस्पताल पु–याइयो ।

मोदी –यालीपछि अस्पताल पुगेर रितासमेत अन्य घाइतेहरूलाई भेटे । रिताले भनिन्, ‘मैले प्रधानमन्त्रीलाई अटोग्राफका लागि अनुरोध गरें । उहाँ अलिक हिचकिचाउनुभएको मैले देखें तर मैले जोड गरें । त्यसपछि प्रधानमन्त्रीले कागजको एक
टुक्रामा रिता मुदी तिमी सुखी रहू लेख्नुभयो ।’

रिताले भनिन्, ‘यो घटनाको भोलिपल्टदेखि नै हाम्रो घरमा मानिसको ताँती लाग्यो । उनीहरू अटोग्राफ हेर्न आएका थिए ।’

रिताकी आमा सन्ध्या भन्छिन्, ‘मेरो घरमा मानिस अटोग्राफ हेर्न मात्र नआई बिहेको प्रस्ताव समेत लिएर आए । अहिले त छोरी पढ्न चाहन्छे, त्यसैले हामीले विवाहको प्रस्तावलाई वास्ता गरेनौं ।’

रिताले भनिन्, ‘मेरो अभिभावकले चाहेको बेलामा मेरो विवाह हुन्छ तर अहिले म पढ्न चाहन्छु ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्