
चितवन– काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदिमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
ना ६ ख २५०६ नम्बरको बस पृथ्वी राजमार्गबाट करिब एक सय मिटर तल खसेको थियो । चिवतको इच्छामनकामना गाउँपालिका ३ को चुम्लिङटार सडक खण्डमा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्युभएकाहरुको शनाखत नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका ३० जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलबाट पाँच जनाको शव निकालिएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले बताए ।
वितरित दिशाबाट ओभरटेक गर्ने क्रममा ट्रकले बसलाई ठक्कर दिँदा यात्रुवहाक बस त्रिशुलीमा खसेको हो । बसलाई टक्कर दिने ना ५ ख ७४०९ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।