२३ असार २०८३, मंगलबार

प्रधानन्यायाधीशबारे निर्णय लिन बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

प्रधानन्यायाधीशबारे निर्णय लिन बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं – संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सम्बन्धमा निर्णय लिन शुक्रवार बस्ने भनिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ ।

बैठकको अध्यक्षता गरेका समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले आइतवार बिहानसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

ʻआज संसदको बैठक लम्बिने देखिएपछि आइतवारसम्मका लागि बैठक स्थगित गरिएको हो,ʼ सांसद कर्णले लोकान्तरसँग भने ।

यसअघि बिहीवारको बैठकमा जोशीको सुनुवाइ गरिएको थियो । संसदीय समितिले अनुमोदन गरेमा जोशीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्त गर्न राष्ट्रपतिलाई बाटो खुल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्