
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’लाई अत्याधुनिक बनाउँदै नेपालमै पहिलो पटक नयाँ रुपमा ग्राहकमाझ ल्याएको छ ।
ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्न बैंकले शुक्रवार मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’लाई परिमार्जन गरेको हो । अद्यावधिक गरिएको मोबाइल बैंकिङ कारोबारको सहजताको लागि व्यक्तिगत ‘क्यूआर’ कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने छ ।
सेवामा प्रयोगकर्ताको औंठाछापमार्पmत् लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको नयाँ ग्लोबल स्मार्ट सुविधा अन्तर्गत ग्राहक स्वयंले बैंकमा नगइकन आफैं सेवा सुचारू गर्न सक्ने ‘सेल्फ रजिस्ट्रेसन’ सुविधासहित खाताको ‘स्टेटमेन्ट ग्राफिकल’ रुपमा हेर्न सकिने छ ।
‘फोनपे’को नेटवर्कमा रहेका विभिन्न मर्चेन्टको रकम भुक्तानी गर्न मिल्ने विशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषतामा अकाउन्ट ड्यासबोर्ड र क्यालेन्डर इन्टिग्रेसन सुविधा पनि रहेको छ ।
ग्राहकले ग्लोबल स्मार्टमार्फत् आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आईएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शूल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्ने तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटीएम पत्ता लगाउन, आफू रहेको स्थानको ‘लोकेसन म्याप’ हेर्न र बैंकको सेवासुविधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुविधा रहेकोमा सम्पूर्ण सुविधालाई नयाँ रुपमा ग्राहकसामु प्रस्तुत गरेको छ ।
सेवामार्फत् ग्लोबल आईएमई बैंकका ग्राहकले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटीएम तथा अन्य सेवाको जानकारी लिन सक्ने छन् । ग्लोबल आईएमई बैंक लिमिटेड स्मार्ट प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ विक्रम सम्वत् २०७२ सालदेखि नेपालमा पहिलो पटक शुरू गरेको थियो । स्मार्ट प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा शुरू गरेको ३ वर्षमा नै बैंकले नेपालमा नै पहिलो पटक ‘क्यूआर’ कोडको माध्यमबाट रकम भुक्तानी तथा रकमान्तर गर्न सक्ने प्रविधि नेपालमा भित्र्याएको हो ।
ग्राहकले ‘गुगल प्ले स्टोर’ र ‘एप स्टोर’मा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करणलाई अद्यावधिक गरी सेवा उपभोग गर्न सक्ने छन् । विज्ञान प्रविधिले नयाँ–नयाँ आयाम भित्र्याइरहेको समयमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले समय–समयमा सुविधा परिमार्जन गर्दै आइरहेको छ ।