०२ असार २०८३, मंगलबार

इजिप्टको चिडियाखानामा पर्यटक बढाउन गधालाई पेन्ट गरेर जेब्रा बनाइयो

इजिप्टको चिडियाखानामा पर्यटक बढाउन गधालाई पेन्ट गरेर जेब्रा बनाइयो

काठमाडौं – इजिप्टको एक चिडियाखानामा गधालाई जेब्राको जस्तो गरी पेन्ट गरिएपछि मानिसहरूले मजाक उडाउन थालेका छन् । 

सन् २००९ मा दुई जेब्राको मृत्यु भएपछि त्यो तथ्यलाई लुकाउनका लागि अर्को चिडियाखानाले पनि यस्तै हर्कत गरेको थियो ।

धेरै पर्यटक आऊन् भनेर गधालाई पेन्ट गरिएको भएपनि ठूलो कान देखेपछि मानिसले शंका गरे अनि मजाक उडाउन थाले । 

एक विद्यार्थीले गधाको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि मानिसहरूले चिडियाखाना व्यवस्थापनलाई उडाए । 

कायरोमा बस्ने महमूद–ए–सराहनी साउन ५ गते इन्टरनेसनल गार्डन पार्क गएका थिए । उनले त्यहाँ कालोसेतो स्ट्राइप भएको एक जनावर देखे जसलाई धेरै मानिसले जेब्रा ठानिरहेका थिए । 

तर उसको ठूलो कान र अर्कै किसिमको व्यवहार देखेर उनी सशंकित भए । ध्यानपूर्वक हेर्दा उनले गधालाई पेन्ट गरेर जेब्रा बनाइएको थाहा पाए । अनि उनले त्यसको फोटो फेसबूकमा हालेपछि त्यो भाइरल भयो । 

पशुचिकित्सकले पनि त्यो गधा नै भएको पुष्टि गरे तर पार्कका निर्देशक मोहम्मद सुल्तान गल्ती मान्न तयार छैनन् । जनावरलाई पेन्ट नगरिएको उनले दाबी गरे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्