०७ असार २०८३, आइतबार

साढे ४७ लाख ठगी गरेर फरार भएका रोशन र प्रकृति पक्राउ

साढे ४७ लाख ठगी गरेर फरार भएका रोशन र प्रकृति पक्राउ

काठमाडौं– सहकारीमार्फत साढे ४७ लाख रुपैयाँ ठगी गरेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले तत्कालीन साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका लेखा समिति सदस्य रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठलाई पक्राउ गरेको हो ।

रोशन र प्रकृतिविरुद्ध काठमाडौं जिल्ला अदालतले २०७४ बैशाख १७ गते ४७ लाख ६२ हजार २२५ जरीवाना र १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । त्यसपछि फरार रहेका उनीहरु विहीवार काठमाडौंबाट पक्राउ परेका हुन् । 

पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनका लागि काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको सिआईबीले जनाएको छ ।

तत्कालीन साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका संचालक समितिका पदाधिकारीहरुले आकर्षक व्याज र उपहारको प्रलोभन पारी निक्षेपकर्ताहरुबाट उठाएको ४ करोड १७ लाख बढी रकम व्यक्तिग सम्पत्ति जोड्नमा खर्च गरेका थिए । 
 

कमेन्ट गर्नुहोस्