१२ असार २०८३, शुक्रबार

विन लादेनका अङ्गरक्षकको रिहाई

साउन ११, २०७५
विन लादेनका अङ्गरक्षकको रिहाई

ट्युनिस– ट्युनिसियाको अदालतले आतङ्कवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्व प्रमुख नेता ओसामा विन लादेनका अङ्गरक्षक सामी इदाउदीलाई रिहा गरेको छ । 
विन लादेनका अङ्गरक्षकलाई जर्मनीले निकाला गरेपछि ट्युनिसियामा पक्राउ गरिएको थियो । 
इदाउदी शुक्रबार फैसलाका लागि अदालतमा उपस्थित गराइएको थियो । उनीविरुद्ध कुनै पनि आरोप दर्ता नभएकाले अदालतले चाहेको अवस्थामा हाजिर हुने शर्तमा रिहाईका लागि फैसला दिइएको छ, ट्युनिसियाली उच्च अदालतका प्रवक्ता सोफेनी स्लिटीले एएफपीलाई बताए । 
इदाउदीविरुद्ध आतङ्कवादविरोधी निकायले अनुसन्धान भने जारी रहेको प्रवक्ताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्