०२ असार २०८३, मंगलबार

नेपाल र पोर्चुगल मिलेर मानव तस्करी रोक्नु पर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल र पोर्चुगल मिलेर मानव तस्करी रोक्नु पर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानव तस्करहरुको शिकार हुनबाट नेपालीलाई जोगाउनु पर्ने बताएका छन् । युरोपेली मुलुक पोर्चुगलका उच्च अधिकारीहरुसँगको भेटघाटपछि मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

मानव तस्करहरुले सोझासाझा नेपालीहरुको गरिबी र अज्ञानताबाट फाइदा लिइरहेका भन्दै मन्त्री ज्ञवालीले नेपाल र पोर्चुगल मिलेर मानव तस्करी रोक्ने बताए । मानव तस्करी रोक्ने सरकारको प्रयासमा प्रवाससमा रहेका एनआरएनलगायत नेपाली संघ–संगठनले पनि खबरदारी गर्नुपर्ने उनको भनाइ छ । 

पोर्चुगलका समकक्षी अबस्टो सान्टोस सिल्भासँग बुधबार भेटबार्ता गरेका मन्त्री ज्ञवालीले नेपाल–पोर्चुगल परामर्श संयन्त्र सम्झौता पत्रमा हस्ताक्षर भएको समेत जानकारी दिए । मन्त्री ज्ञवालीले उनलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । 

युरोप भ्रमणमा रहेका मन्त्री ज्ञवालीले लक्जम्वर्गमा आइतबार शुरु हुने एनआरएनको युरोपेली बैठकको उदघाटन गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्