१९ असार २०८३, शुक्रबार

अध्यागमन विभागमा ८१ प्रतिशत बेरुजु फछ्र्याैट

अध्यागमन विभागमा ८१ प्रतिशत बेरुजु फछ्र्याैट

काठमाडौं – अध्यागमन विभागले ८१ प्रतिशत बेरुजु फछ्र्याैट गरेको जनाएको छ ।

अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेको नेतृत्वमा आर्थिक वर्ष २०७४/७५ मा सम्पादन भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै विभागले आर्थिक वर्ष २०७३/७४ को ८१ प्रतिशत बेरुजु फछ्र्याैट गरिएको जनाएको छ ।

बेरुजु फछ्र्याैटलाई उच्च प्राथमिकता दिएर आर्थिक वर्ष २०७३/७४ पूर्वको ५१ प्रतिशत बेरुज फछ्र्याैट गरिएको जनाइएको छ । विभागद्वारा प्रेषित विवरण अनुसार विभागले गत आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ४० करोड १९ लाख ५५ हजार ५२ रुपैयाँ गैरकर राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशत बढी हो ।

हेर्नुस् विभागबाट प्रेषित विवरण :

अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेको नेतृत्वमा आ.व. २०७४/०७५ मा अध्यागमन विभागबाट सम्पादन भएका मुख्य–मुख्य कार्यहरू :-

१. गृह मन्त्रालयमा पहिलो पटक श्रीमान् गृहसचिव र विभागका महानिर्देशकबीच २१ बुँदामा वार्षिक कार्य सम्पादन सम्झौता भई सोही अनुसार अधिकतम उपलब्धि प्राप्त हुने गरी कार्य सम्पादन गरिएको ।

२. विभागबाट मस्यौदा गरिएको अध्यागमन सुधारको ३ वर्षे रणनीतिक योजना २०७४/०७५ परिमार्जनसहित तत्कालीन माननीय गृहमन्त्री जनार्दन शर्मा प्रभाकर ज्यूबाट स्वीकृत भई हाल कार्यान्वयमा रहेको ।

३.    पहिलो पटक अध्यागमन विभागको प्रकाशनको रुपमा अध्यागमन बुलेटिन पुस्तिका प्रकाशन गरी जनसमक्ष ल्याइएको । अध्यागमन सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गरिएको ।

४. नेपालभित्र विदेशीहरूको प्रवेश, उपस्थिति र प्रस्थानलाई व्यवस्थित तथा नियन्त्रित गरिएको ।

५. विदेशीहरूलाई निषेधित क्षेत्रमा पदयात्रा अनुमति प्रदान गर्ने कार्यलाई व्यवस्थित गरिएको ।

६. नेपालीहरूको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित बनाइएको ।

७. अध्यागमन विभाग र गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका बीचमा अध्यागमन सूचना आदान प्रदान गर्न उपयुक्त व्यवस्था मिलाइएको ।

८.    अध्यागमन व्यवस्थापन क्षेत्रमा कार्यरत कर्मचारीहरूको क्षमता विकास तथा सुशासन प्रवर्द्धनमा प्रभावकारिताका लागि ज्ञान, सीप, व्यवहार, नैतिकमूल्य र मान्यता एवं सुरक्षा संवेदनशीलतामा आधारित कर्मचारी तालिम कार्यक्रम सम्पन्न गरिएको ।

९.    नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा अध्यागमन कार्यालयमा प्रविधि सुधार तथा कर्मचारी क्षमता विकास सम्बन्धी कार्यक्रमहरू सम्पन्न गरिएको ।

१०.    माननीय गृहमन्त्री ज्यूबाट जारी भएका गृह प्रशासन सुधार कार्ययोजनामा अध्यागमन व्यवस्थापनसँग सम्बन्धित कार्यहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको ।

११. अध्यागमन विभाग र अन्तर्गतका कार्यालहरूमा नेटवर्किङका कार्यहरू सम्मन्न गरिएको ।

१२. अध्यागमन व्यवस्थापनमा प्रयोग भइरहेको ‘आईएमएमआई सफ्टवेयर’लाई समयानुकूल स्तरउन्नति गरी सञ्चालन गरिएको ।

१३. अध्यागमन अपराधको अनुसन्धान तहकिकात र मुद्दा दायर तथा अध्यागमन कानून विपरीतका कार्यलाई निरुत्साहित गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको ।

१४. अध्यागमन व्यवस्थापन सम्बन्धि सार्वजनिक सुनुवाई तथा अन्तक्र्रिया कार्यक्रम झापाको काँकरभिट्टा र कास्कीको पोखरामा सम्पन्न गरी उपत्यका बाहिरबाट पहिलो पटक अध्यागमन सम्बन्धी जनचासो बुझ्ने कार्य गरिएको ।

१५. अध्यागमन विभागबाट मस्यौदा भई छलफलपछि परिमार्जनसहित प्रस्तुत भएको अध्यागमन नीति २०७५ स्वीकृतिको प्रक्रियामा रहेको ।

१६. अध्यागमन विभागबाट मस्यौदा भई छलफलपछि परिमार्जनसहित प्रस्तुत भएको विदेशी नागरिक अनुगमन निर्देशिका २०७५ माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ज्यूबाट स्वीकृत भई कार्यान्वयनमा रहेको ।

१७. अध्यागमन विभागबाट मस्यौदा भई छलफलपछि परिमार्जनसहित प्रस्तुत भएको अध्यागमन कार्यविधि २०७५ स्वीकृतिको प्रक्रियामा रहेको ।

१८. अध्यागमन विभागबाट मस्यौदा भई प्रस्तुत भएको अध्यागमन ऐन २०७५ को मस्यौदामाथि छलफल जारी रहेको । अध्यागमन नियमावलीको मस्यौदा तयार भइरहेको ।

१९. पदयात्रा क्षेत्र (निषेधित क्षेत्र) पुनरावलोकन गर्न समिति गठन भइ समितिले आफ्नो प्रतिवेदन महानिर्देशक समक्ष प्रस्तुत गरेको ।

२०. विभाग र अन्तर्गतका कार्यालयहरूको नियमित अनुगमन तथा सूचना आदान प्रदान गरी निरन्तर रुपमा कार्यसम्पादनमा सुधार गरिएको ।

२१. ‘वायोमेट्रिक’ सुविधासहितको अध्यागमन नियन्त्रण प्रणाली अवलम्वन गर्न आवश्यक कार्यहरू अगाडि बढाइएको ।

२२. स्टिकरयुक्त (हस्तलिखित समेत) भिसा प्रणालीमा सुधार गरी ‘मेसिन रिडेवल’ भिसा जारी गर्ने कार्यको शुरूवात स्वरुप विभागबाट जारी हुने व्यावसायिक गैरपर्यटक भिसालाई ‘मेसिन रिडेवल’ भिसाको रुपमा जारी गर्न आवश्यक व्यवस्था मिलाइएको ।

२३. बेरुजु फछ्र्याैटलाई उच्च प्राथमिकता दिई आ.व. २०७३/०७४ को ८१ प्रतिशत तथा त्यसपूर्वको ५१ प्रतिशत बेरुज फछ्र्याैट गरिएको ।

२४. अध्यागमन विभाग र कार्यालयसँग सम्बन्धित उजुरी, गुनासोहरूलाई तत्काल सुनुवाई गर्ने र नियमानुसार फछ्र्याैट गर्ने कार्य प्रभावकारी रुपमा गरिएको ।

२५. विभाग र कार्यालयहरूको जिन्सी अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाइएको ।

२६. आ.व. २०७३/०७४ को तुलनामा झण्डै ७ प्रतिशत गैरकर राजस्व प्राप्तिमा बृद्धि गरी आ.व. २०७४÷०७५ मा विभाग र अन्तर्गतका कार्यालयबाट करीब रु. २,४०,१९,५५,०५२ (२ अर्ब ४० करोड १९ लाख ५५ हजार ५२ रुपैयाँ) गैरकर राजस्व प्राप्त गरिएको । 

२७. अध्यागमन सेवा विस्तारको क्रममा इलामको पशुपतिनगर, मोरङको विराटनगर र हुम्लाको हिल्सामा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भई कार्यालय स्थापना र सेवा प्रवाहको लागि आवश्यक कार्य अघि बढाइएको तथा अन्य आवश्यक ठाउँमा समेत अध्यागमन सेवा विस्तार गर्न अध्ययन कार्य जारी रहेको ।

२८. नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन, कामदार र प्रेस भिसामा नेपाल सरकारले पारस्परिकता कायम गर्ने निर्णय गरे अनुसार त्यसको प्रभावकारी रुपमा कार्यान्वयन गरिएको । 

२९. सरोकारवाला मन्त्रालय, विभाग तथा कुटनीतिक नियोग एवं अन्य निकायहरूसँग सौहार्दपूर्ण सम्बन्ध स्थापित गरी कार्य सम्पादन गरिएको । 

३०. अधिकार प्रत्यायोजन र कार्य जिम्मेवारी बाँडफाँडलाई व्यवस्थित गरी निरन्तर रुपमा महानिर्देशकबाट कार्य सम्पादन अनुगमन गरिएको । 

३१. आ.व. २०७४/०७५ मा लक्ष्य तोकिएका तथा नतोकिएका सबै कामहरूलाई समयमै सम्पादन गरी विभागको कार्य सम्पादन क्षमतालाई प्रभावकारी बनाइएको ।

कार्यसम्पादनको क्रममा अनुभव गरिएका अन्य कुराहरू :

१. सबै अध्यागमन कार्यालयहरूमा उच्च प्रविधियुक्त सीमा नियन्त्रण प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी रुपमा उपयोग गर्नु उपयुक्त हुन्छ ।

२. गलत कागजात एवं प्रमाणहरूको आधारमा यात्रा गर्न सक्ने प्रवृत्ति निरुत्साहन गर्न राहदानी, भिसा तथा अन्य सम्वद्ध कागजातको सत्यापन परीक्षण व्यवस्था लागू गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न उपयुक्त हुन्छ ।

३.     अध्यागमन अपराध नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशासनिक एवं सुरक्षा संयन्त्रसँग प्रभावकारी समन्वयमा कार्य गरिनु उपयुक्त हुन्छ ।

४. अध्यागमन क्षेत्रमा कार्यरत राष्ट्रसेवकहरूको मनोवल उच्च राख्न उत्प्रेरणा तथा दण्ड सजायका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनु उपयुक्त हुन्छ ।

५. अध्यागमन सूचना व्यवस्थापन प्रणालीको विकास गरी सूचनालाई बहुउपयोगी रुपमा प्रयोग गर्न उपयुक्त सूचना प्रविधि संयन्त्रको विकास गर्नु उपयुक्त हुन्छ ।

६. अध्यागमन सेवालाई राष्ट्रिय हित र सुरक्षा तथा आर्थिक बृद्धिको महत्त्वपूर्ण माध्यमको रुपमा विकास गर्न उपयुक्त वातावरण निर्माण गरी मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ दरिलो तथा गतिशिल बनाउन प्रभावकारी अध्यागमन प्रणालीको निर्माण गर्नु उपयुक्त हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्