
मुम्बई - भारतको सर्वाधिक धनी व्यापारी मुकेश अम्बानीको सम्पत्ति १.२४ लाख करोड छ | अम्बानी वार्षिक १०,५३४ करोड भारतीय रुपैयाँ कमाउँछन् । जसअनुसार उनी एक सेकेण्डमा ३३३३ भारतीय रुपयाँ कमाउँछन् ।
मुम्बईमा उनको २७ तले सुविधासम्पन्न घर रहेको छ । रियल स्टेटका मालिक उनले सन् २०१६ मा ‘जियो’ प्रोडक्ट समेत लन्च गरेका थिए । उक्त प्रोडक्टको १६ करोड प्रयोगकर्ता पुगिसकेको छ ।
१९ अप्रिलमा आफ्नाे ६१ औं जन्मदिन मनाएका अम्बानी सपिङले होस् या चढ्ने कारका कारण, अथवा घरको कारणले नै किन नहोस् बेलाबेलामा चर्चामा आइरहन्छन् । उनै भारतका सबैभन्दा धनी र विश्वकै ३६ औ धनी अम्बानीको दैनिक रुटिन कसरी चलिरहेको छ त ?
भारतीय मिडियाका अनुसार अम्बानीको दैनिकी निकै टाइट र व्यस्त देखिन्छ । राती अबेर सुत्ने अम्बानी बिहान ५ बजेदेखि साढे ५ बजेको बीचमा उठीसकेका हुन्छन् । उनी बिहान ६ बजेदेखि साढे ७ बजेसम्म जिम र अाेर्कआउटमा व्यस्त हरन्छन् । यहीबीचमा स्वीमिङ पनि गर्छन् भने पत्रपत्रिका समेत पढ्छन् । उनको मुम्बईस्थित आलिशान २७ तले घरको दोस्रो तलामा पारिवारिक जिमखाना रहेको छ ।
बिहान ८ बजेदेखि ९ बजेको बीचमा उनले घरको १९ औं तलमा पुगेर ब्रेकफास्ट लिइसकेका हुन्छन् । उनी त्यो बीचमा जुस लिन्छन् । नास्तामा दालरोटी–दहीसहितको हल्का नास्ता लिन्छन् ।
बिहान ९ देखि १० बजेसम्मको बीचमा उनी अफिसका लागि तयार हुन्छन् । यस्तै २१ औं तलमा रहेको व्यक्तिगत अफिसमा पुगेर जरुरी फाइल र ब्यागहरु संकलन गर्छन् । उनको पोशाकमा सेतो सर्ट, कालो पेन्ट हो ।
त्यसपछि उनी केहिसमय आमा र बालबच्चा भेट्नेलगायतमा समय खर्चिन्छन् । यसपछि भने गाडी पार्किङमा पुगेर कहिले ड्राइभरको साथ त कहिले आफैं ड्राइभ गरेर कर्पोरेट अफिसका लागि प्रस्थान गर्छन् ।
बिहान ११ बजे अम्बानी नरीमन प्वाइन्टमा रहेको कर्पोरेड हेड अफिसमा पुग्छन् । जहाँ उनी सहयोगीले तयार पारेको डेली चेक लिस्ट र मिटिङ सेड्यूलअनुसार काम गर्छन् । आवश्यकता अनुसार अफिसमै र बाहिरको मिटिङमा पनि सहभागि हुन्छ । निकटस्थका अनुसार उनी हरेक हप्ताको सोमबार चेक लिस्टको पुनरावलोकनका साथै कर्मचारीलाई आवश्यक निर्देशन दिइरहेका हुन्छन् । उनी अफिसमै राती १० बजेसम्म व्यस्त हुन्छन् ।
रात ११ बजेसम्ममा उनी घर फर्किन्छन् र १५औं तलमा रहेको बेडरुपमा पुगेर ड्रेस चेन्ज गर्छन् । यस्तै राती ११ बजेदेखि १२ बजेसम्म १९ औं तलामा रहेको किचेनमा पुगेर पत्नी निताका साथ डिनर लिन्छन् । उनको खानामा रोटी, सब्जी, भात र सलादसहितका परिकार समावेश हुन्छन् । सातामा एक दिन गुजराती र साउथ इन्डियन खान पनि हुन्छ । उनका लागि नेपाली कुकले खाना बनाउँछन् ।
यस्तै केहिबेर उनी पत्नी नीताको साथ दिनभरका कामकाबारेमा कुराकानीका साथै अन्य व्यावसायिक विषयमा पनि छलफल गर्छन् । त्यसपछि सुत्छन् ।