०२ असार २०८३, मंगलबार

यस्ताे रह्याे साताकाे शेयर बजार

साउन १२, २०७५
यस्ताे रह्याे साताकाे शेयर बजार

काठमाडौँ- धितोपत्र बजारमा यस साता रु एक अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल एक सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा २७ दशमलव ४१ प्रतिशत कम हो । गत साता एक सय ८६ कम्पनीको रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता शेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ५४ अंकले बढेर अन्तिम दिन एक हजार ९१० अंकमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव १० अंकले बढेर २५० दशमलव ९६ अंकमा पुगेको छ । 

यस साता कारोबार रकमका आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु पाँच करोड ३० लाख ३० हजार बराबरको कारोबार भएको छ । 

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा छ । सो बैंकको एक लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

salt training

कमेन्ट गर्नुहोस्