०४ असार २०८३, बिहीबार

टिपरको ठक्करबाट सहचालकको मृत्यु

टिपरको ठक्करबाट सहचालकको मृत्यु

धादिङ- धादिङबेंसी सल्यानटार सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १० टारीबेंसीमा आज एउटा टिपर पछाडि हटाउन लाग्दा सहचालकको किचेर मृत्यु भएको छ । 

बा४ख ९९१६ नंको खाली टिपर पछाडि हटाउँदा सोही टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नं ७ निवासी १९ वर्षीय अतित अधिकारीको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते अधिकारीको उपचारका लागि लाँदालाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्