०५ असार २०८३, शुक्रबार

किन अलमलमा पर्यो प्रधानन्यायाधीशको सुनुवाई अनुमोदनसम्बन्धी निर्णय ?

साउन १३, २०७५
किन अलमलमा पर्यो प्रधानन्यायाधीशको सुनुवाई अनुमोदनसम्बन्धी निर्णय ?

काठमाडौँ–प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय भएको छैन । शुक्रबार नै उनको नाम अनुमोदन सम्बन्धी निर्णय गर्ने भनिए पनि अन्तिम समयमा बैठक स्थगित भयो । संसद् र समिति बैठक एकैपटक परेकाले बैठक स्थगित भएको बताइएको थियो । 
तर, समितिका एक सदस्यले प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक योग्यताबारे विवाद आएपछि अध्ययन गर्न बैठक सारिएको बताए । 
जोशीको विवादबारे समितिका केही सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत परामर्श गरिसकेका छन् । प्रधानमन्त्रीसँगको समेत परामर्शपछि आइतबार बिहान ८ बजे बैठक बस्दैछ । उक्त बैठकले जोशीको नाम स्वीकृत वा अस्वीकृतबारे निर्णय गर्ने तयारी छ ।

समिति सदस्य पार्वत गुरुङले आइतबारको बैठकले निर्णय लिने बताए  । गुरुङले भने, ‘सुनवाइ सकिएपछि पनि प्रस्तावित प्रधानन्यायाधीशबारे केही विवादित विषय आएका छन् । यी विषयमा समितिले परामर्श गरिरहेको छ । आइतवारको बैठकबाट हामी निश्कर्षमा पुग्ने तयारीमा छौँ ।’
यसअघि सुनुवाइकै दिन प्रस्तावित पदाधिकारीको अनुमोदन हुने वा नहुने भन्ने निर्णय गर्ने प्रचलन भए पनि जोशीको अनुमोदनको निर्णय एक दिनपछि तय भएको थियो । समितिका दुई तिहाइ सांसदले मात्र नाम अस्वीकार गर्न सक्छन् । १५ सदस्यीय समितिमा दुई तिहाइ पु¥याउन १० सदस्य आवश्यक पर्छ । समितिमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका मात्रै नौ जना सदस्य छन् ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्