०२ असार २०८३, मंगलबार

चीनका प्रधानमन्त्री गोप्य रूपमा पुगे तिब्बत

चीनका प्रधानमन्त्री गोप्य रूपमा पुगे तिब्बत

काठमाडौं – चीनका प्रधानमन्त्री ली खस्याङ तिब्बतको स्वायत्त क्षेत्र तिब्बतको तीनदिवसीय भ्रमण शुक्रवार पूरा गरेर बेइजिङ फर्केका छन् । तर यो भ्रमणको खबर आइतवार मात्र दिइयो । 

मिडिया रिपोर्टका अनुसार, प्रधानमन्त्री लीले तिब्बतको राजधानी ल्हासा, यारलुङ जाङ्बो (ब्रह्मपुत्र नदी) र नायिङ्ची र शानन नगरको भ्रमण गरे । 

भ्रमणका क्रममा उनले तिब्बतलाई चीनको अविभाज्य भाग बताए र धर्मगुरुहरूलाई राष्ट्रिय एकता र सद्भाव बढाउन भने । 

तिब्बतले विकास र समृद्धि हासिल गर्ने, राष्ट्रिय एकताको रक्षा गर्ने अनि विभिन्न जातीय वर्गहरूका बीच एकतालाई प्रवर्द्धन गर्ने लीले आशा गरे । 

ली ल्हासास्थित दलाई लामाको परम्परागत आवास पोताला महल पनि गए अनि सरकार सांस्कृतिक विरासतको रक्षा र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए । 

उनी ल्हासाको जोखाङ मठ पनि गए । त्यसलाई तिब्बतको सबभन्दा पवित्र स्थल मानिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्