०२ असार २०८३, मंगलबार

काठमाडौ‌ महानगरपालिकाले बनायो डल्लुमा सामुदायिक स्वास्थ्य सेवा परिषद्को भवन

काठमाडौ‌ महानगरपालिकाले बनायो डल्लुमा सामुदायिक स्वास्थ्य सेवा परिषद्को भवन

काठमाडौँ- स्वयम्भू डल्लुक्षेत्रका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ३७ वर्षअघि जनस्तरबाट स्थापित सामुदायिक स्वास्थ्य सेवा परिषद्को ‘ब्लक बी’ भवन विस्तार हुने भएको छ । 

परिषद्का संस्थापक अध्यक्ष रत्ननारायण ‘न्हुजवा’ सायमीको अगुवाइमा तीन दशकअघि स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त संस्था स्थापना भएको हो । 

सो भवन काठमाडौँ महानगरपालिकाको रु एक करोड ७० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । स्थानीय जनताको सहयोगमा २६०.७५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको दुईतले सो भवन आगामी २०७६ सालको जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

कामपाको सहयोगमा निर्माण गरिने सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्दै संस्थाले डल्लुका जनतालाई दिदै आएको स्वास्थ्य सराहनीय रहेको बताउनुभयो । भवन निर्माण गर्न रु ६४ लाखको बजेट छुट्याइएको छ । 

प्रमुख शाक्यले सामुदायिक स्वास्थ्य सेवा विस्तार गर्न भवनको नक्शामा चार तला उल्लेख भएअनुसार निर्माण गर्न कामपाले बजेट उपलब्ध गराउने वचन दिनुभयो । 

कामपा वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलले आर्थिक रुपमा कमजोर भएका स्थानीय जनतालाई सस्तो, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न संस्था स्थापना गरिएको जानकारी दिनुभयो । 

उहाँले सामुदायिक स्वास्थ्य सेवा भवनलाई केही वर्षभित्रै ५० श्ययाको सामुदायिक अस्पतालको रुपमा विकास गर्ने जानकारी दिनुभयो । 
सामुदायिक स्वास्थ्य सेवा परिषद्का महासचिव मुकुन्दप्रसाद पाण्डेले ३७ वर्षअघि एउटा सिटामोल पनि किन्न नपाइने डल्लु आवास क्षेत्रमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सायमीको पहल बिर्सन नसकिने बताउँदै यसलाई छ

वर्षभित्र सामुदायिक अस्पतालका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

परिषद्का संयोजक डंगोलले परिषद्को भवन पछाडिको ब्लक बि निर्माणपछि स्वास्थ्य सेवा थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । सो संस्थाले १५ चिकित्सकमार्फत हाल नाक, कान, घाँटी, अल्ट्रासाउण्ड आदि सेवा उपलब्ध गराउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्