३१ जेठ २०८३, आइतबार

नाइजेरियामा सेनाले मा–यो १६ जना बोको हराम आतंकवादी

नाइजेरियामा सेनाले मा–यो १६ जना बोको हराम आतंकवादी

काठमाडौं – अफ्रिकी मुलुक नाइजेरियामा सेनाले बोको हरामका १६ जना आतंकवादीलाई मारेको छ । 

सेनाको जनसम्पर्क इकाइका उपनिर्देशक कर्नेल ओन्येमा नवाचुकवुले शुक्रवार विद्रोहीहरूले मोनगुना गाउँको मैरारी इलाकामा आक्रमण गरेको जानकारी दिए । 

आक्रमणको जवाफमा सेना र वायुसेनाले कम्तीमा १६ आतंकवादीलाई मारेको उनले बताए । लडाईंमा एक सैनिक र चार सर्वसाधारण घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्