
काठमाडौं – पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले पाकिस्तान नेसनल एसेम्बलीमा सबभन्दा ठूलो दलको हैसियत बनाएको छ । उक्त दलका अध्यक्ष इमरान खान नै आगामी प्रधानमन्त्री बन्ने अनुमान छ ।
पाकिस्तानको सत्ता इमरानका लागि काँडाको मुकुटका रूपमा रहेको छ । पाकिस्तानको वर्तमान आर्थिक स्थिति हेर्दा इमरानको सत्तारोहण मुश्किलले भरिएको देखिन्छ ।
पाकिस्तानसामु असंख्य आर्थिक चुनौतीहरू छन् । पीएमएल–एन नेतृत्वको पूर्ववर्ती सरकारले देशमा आर्थिक गतिविधिलाई अघि बढाउन सकेको थिएन ।
पूर्वसरकारको कार्यकालका बेलामा वैश्विक बजारमा कच्चा तेलको मूल्य न्यूनतम स्तरमा रह्यो । यसबाहेक वैश्विक स्तरमा कच्चा तेलको मूल्य न्यूनतम स्तरमा रह्यो । तर पाकिस्तान सरकार यी दुवै सजिला स्थिति हुँदा पनि अर्थव्यवस्थालाई बलियो बनाउन चुक्यो ।
यो विफलतका कारण इमरान खानले विदेशी र घरेलु ऋणको बोझबाट थलिएको अर्थव्यवस्था सम्हाल्नुपरेको छ । यसबाहेक असन्तुलित व्यापारका कारण पाकिस्तानसामु एक गम्भीर ब्यालेन्स अफ पेमेन्टको समस्या आएको छ । यसलाई सम्हाल्नु नयाँ सरकारका लागि चुनौतीपूर्ण छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषको बेलआउट, सकिँदै गरेको विदेशी मुद्रा भण्डार, चालू खाता र व्यापार नयाँ सरकारको अर्थमन्त्रीका लागि ठूलो चुनौती हुनेछ ।
डिसेम्बर २०१७ देखि यस वर्षको मध्य जुलाईसम्म स्टेट बैंक अफ पाकिस्तानले चारचोटि विमुद्रीकरण गरेर पाकिस्तानी रुपैयाँलाई डलरको तुलनामा २१ प्रतिशत मूल्य घटायो । निर्यातलाई प्रवर्द्धन गर्न यसो गरिएको थियो ।
अघिल्लो आर्थिक वर्षमा पाकिस्तानको व्यापार घाटा ३७ अर्ब डलर पुगेको थियो ।
पाकिस्तानको नयाँ सरकारसँग देशको ऋण समस्या समाधानका लागि एकदमै कम समय पाउने फिच रेटिङले जनाएको छ ।
फिचले दाबी गरेअनुसार, सन् २०१९ मा पाकिस्तानको आर्थिक समस्या थप गम्भीर हुनेछ ।
सत्ता सम्हाल्नुअघि आर्थिक चुनौतीलाई केन्द्रमा राख्ने पाकिस्तानका आगामी प्रधानमन्त्रीले कस्तो हल निकाल्ने हुन् हेर्न बाँकी छ ।
एजेन्सी