०२ असार २०८३, मंगलबार

क्यालिफोर्निया डढेलोमा मर्नेको संख्या ६ पुग्यो, हजारौं विस्थापित

क्यालिफोर्निया डढेलोमा मर्नेको संख्या ६ पुग्यो, हजारौं विस्थापित

काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलोका कारण अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । अनि हजारौं थप मानिसहरू उक्त ठाउँबाट पलायन भएका छन् । 

डढेलोका कारण अग्निनियन्त्रक र सर्वसाधारणको ज्यान गएको हो । 

लेकपोर्ट नामक शहरमा आगो दन्केपछि कम्तीमा चार घर ध्वस्त भएका छन् र मानिसहरू भागेका छन् । 

काउन्टी शेरिफ टम बोसेन्कोले अधिकारीहरूले डढेलोका कारण मरेका छैठौं व्यक्ति फेला पारेको जानकारी दिएका छन् । पूरै डढेको घरमा लाश भेटिएको उनले बताए । उनले कुन ठाउँमा लाश भेटिएको खुलाएनन् । मृतकको नाम पनि
सार्वजनिक गरिएको छैन । 

शेरिफ विभागले सातजना व्यक्ति हराइरहेकोमा अनुसन्धान गरिरहेको बोसेन्कोले बताए । रेड्डिङ प्रहरीले थप ११ मानिस हराइरहेको सूचना पाएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्