०२ असार २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति इरानी राष्ट्रपतिलाई भेट्न तयार

अमेरिकी राष्ट्रपति इरानी राष्ट्रपतिलाई भेट्न तयार

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेतासँग भेट्न तयार रहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफू कुनै पनि बेला कुनै पनि पूर्व शर्त वा अवस्था बिना तथा इरानले चाहेको बेलामा आफू भेटवार्ताका लागि तयार रहेको बताएका हुन् ।

उनले भने, ‘भेटवार्तामा विश्वास गर्ने मान्छे हुँ, म जोसँग पनि भेट्न रुचाउँछु ।’ जुलाईको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायलका राष्ट्रपति हसन रुहानीले एकअर्कालाई लक्षित गरी गम्भीर खालका चेतावनी तथा चुनौती दिएका थिए । तर, अहिले आएर ट्रम्पले आफू रुहानीसँग भेटवार्ताका लागि तयार रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पको भनाइको जवाफमा इरानी राष्ट्रपति रुहानीका सल्लाहकार हामिद एबोउतालेबीले अमेरिका परमाणु सम्झौतामा फर्किने पर्ने तथा इरानको अधिकारको सम्मान गर्नु पर्ने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्