१० असार २०८३, बुधबार

किम जोङ उनको देशमा जागिर लगाइदिने भन्दै यसरी बढ्दैछ ठगी

साउन १५, २०७५
किम जोङ उनको देशमा जागिर लगाइदिने भन्दै यसरी बढ्दैछ ठगी

काठमाडौंँ– सरकारले बैदेशिक रोजगारका लागि खुला गरिएका ११० राष्ट्रमा किम जोङ उन शासक रहेकाे उत्तर कोरिया पर्दैन । तर पनि आकर्षक तलवको लोभ देखाई कृषि फर्ममा काम लगाई दिने बहानामा जनही पाँचलाख रुपियाँ ठगी गर्ने गिरोह राजधानीमा नै सक्रिय रहेको पाइएको छ । 
त्यस्तैं, मकाउ खुला गरिएको ‘टापु’ मुलुक भए पनि पानी जहाजमा काम लगाइ दिने भन्दै आकर्षक तलवको प्रलोभ देखाइ ठगी गर्ने गिरोह त्यतिकै सक्रिय छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैदेशिक रोजगारको प्रलोभन देखाइ उत्तर कोरिया र मकाउ पठाउने नाममा ठगी गर्ने यो दुईवटै समूहका सदस्यलाई पक्राउ गरेको छ । 
ब्यूरो प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्का भन्छन्, ‘बैदेशिक रोजगारका नाममा ठग्नेभन्दा पनि ठगिने व्यक्ति सचेत हुनुपर्ने आवश्यकता छ । बैदेशिक रोजगारका लागि उत्तरकोरिया खुला छैन भन्ने कुरा जान्दाजान्दै पनि पैसा खर्चिनेहरूका कारण ठगीको समस्या बढेको हो ।’
गरिवी तथा बेरोजगारभन्दा अर्काको देखासिकी र दलालहरूको प्रलोभनका कारण ठगिनेहरूको सङ्ख्या धेरै छ, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भने,‘‘ठगी कतिपयका लागि ‘आयआर्जन’ को मुख्य पेशा बनेको छ ।’’ 
यसअघि ब्यूरो प्रहरीले ब्राजिलको ग्रीन कार्ड उपलब्ध गराइ दिने भन्दै पाँच÷छ जनाको समूहलाई भारतको दिल्ली पु¥याई हप्ता दिनसम्म अलपत्र पारी फरार सुर्खेतका सागर भन्ने लिलबहादुर मल्ललाई पक्राउ गरेको थियो । प्रहरी अधिकारी भन्छन,‘आर्थिक प्रलोभनका ठग्नेहरूको समूह हावी भएको हो ।’
बैदेशिक रोजगार ठगीमा संलग्न समूहले अपेक्षा नगरेको तलव सुविधा र कल्पना नगरेको मुलुकको नाम देखाएर युवालाई ठग्ने गरेको पाइएको छ । उपत्यकामा सक्रिय दलालहरूले बैदेशिक रोजगारीको ठगीलाई पेशाकै रूपमा अपनाउने गरेका छन् । 
बैदेशिक रोजगारमा हुने ठगीको सम्वन्धमा बैदेशिक रोजगार विभाग, प्रहरीको सिआईवी र महानगरीय प्रहरी अपराध महाशाखाले उजुरी सुन्ने गरेको छ । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्