
विराटनगर –तीनदिन अघि सुन चोरी गरेको आरोपमाप्रहरी निगरानीमा रहेका सुनसरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री सहितको दिसा गरेका छन् ।
विराटनगरको जलजला रोडको राठी ज्वेलर्सबाट किन्ने बहानमालिएको सुनको सिक्रिनिलेका नेपालले तीनदिनपछि दिसाबाट सिक्रिबाहिर निकालेका हुन् ।
सुनसरी इटहरीका नेपालले सुन निलेपछि पेटदुख्ने समस्या देखिएको थियो । उनलाई प्रहरीले कोसी अञ्चल अस्पतालमा उपचार गराई उनको दिसा गर्ने समय कुरेर बस्नु परेको थियो । बल्ल तिनदिनपछि नेपालले दिसा गरेर उनको हर्कतको पुष्टि भएको हो ।
सुनको सिक्री निलेको भनिएपनि प्रहरीलाई भने त्यसको पुष्टि गर्न उनको दिसा कुर्नैपर्ने बाध्यता थियो । चोरी गरिएको भनिएको वस्तु नै गायव भएपछि सबुत नै थिएन ।
प्रहरी उपरीक्षक मनोज केसीले भने ‘अब सबुत प्राप्त भएको छ, हामीले मुद्दा दर्ता गरी उनी माथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएका छौं ।’
सोमबार ३१ वर्षीय नेपाललाई बल्ल पेट खुल्यो र दिसाबाट सुनको सिक्री निस्किएको थियो । प्रहरीले नेपाललाई चोरी मुद्दामा म्यादथप गरी अनुसन्धान सुरु गरेको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।