०४ असार २०८३, बिहीबार

ताजिकिस्तानमा चार विदेशी पर्यटकको हत्यामा आईएसले लियो जिम्मेवारी

ताजिकिस्तानमा चार विदेशी पर्यटकको हत्यामा आईएसले लियो जिम्मेवारी

काठमाडौं – आतंकवादी समूह इस्लामिक स्टेट (आईएस) ले ताजिकिस्तानमा चारजना विदेशी पर्यटकको ज्यान जाने गरी भएको आक्रमण आफूले गराएको दाबी गरेको छ । 

दुई अमेरिकी, एक स्विस र एक डच व्यक्तिलाई राजधानी दुशान्बेभन्दा ७० किलोमिटर दक्षिणपूर्वमा रहेको दान्घारा जिल्लामा एउटा कारले हिर्काएपछि उनीहरूको मृत्यु भएको थियो । 

तीन अन्य पर्यटक घाइते भएका थिए । 

ताजिकिस्तानमा आक्रमणको दाबी आईएसले पहिलोपटक गरेको हो तर उसले दाबीलाई पुष्टि हुने प्रमाण दिएको छैन । 

हत्यामा संलग्न रहेको आशंका गरिएका दुईजनालाई अधिकारीहरूले विशेष कारवाहीमा मारेका थिए । उक्त कारावहीअन्तर्गत अन्य चारजनालाई पक्राउ गरिएको थियो । घटनामा संलग्न भनी विश्वास गरिएको एक कच्याकुचुक परेको कार पनि
बरामद गरिएको छ । 

तीन अन्य आरोपितलाई गाउँमा रहेको पत्ता लगाएपछि ‘जोखिमरहित’ भनिएको अधिकारीहरूले बताए । यसको अर्थ के हो भनी प्रस्ट पारिएको छैन तर प्रागमा रहेको एक निजी ताजिक वेबसाइट अख्बोरले उनीहरूलाई पनि मारिएको संकेत
दिएको छ । 

‘जिहाद गठबन्धनका नागरिक’ ले उक्त आक्रमण गरेको आईएसले दाबी गरेको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्