०२ असार २०८३, मंगलबार

​पैदलयात्रीलाई पानी छ्याप्दै हिँड्ने भ्यानका चालक बर्खास्त

​पैदलयात्रीलाई पानी छ्याप्दै हिँड्ने भ्यानका चालक बर्खास्त

काठमाडौं – क्यानडाको ओट्टावा शहरमा एक भ्यान चालकले पैदलयात्रीलाई लगातार पानी छ्यापिने गरी गाडी चलाएको पाइएपछि जागिरबाट हटाइएको छ । 

चालकको कम्पनी ब्ल्याक एन्ड मकडोनल्डले फेसबूक पोस्ट गर्दैै उनी आफूहरूकहाँ अब काम नगर्ने जानकारी दिएको छ । चालकको असामाजिक व्यवहारको भिडियो भाइरल भएपछि कम्पनीले यो कलम चालेको हो । 

उक्त चालकले पानी परेको दिनमा सडकको छेउमा गाडी लगेर पैदलयात्रीहरूलाई तीनचोटि पानी छ्यापेको पाइएको हो । उक्त गतिविधिको सानो भिडियोमा गाडीको छेउमा कम्पनीको लोगो पनि प्रस्ट रूपमा देखिन्छ । 

ब्ल्याक एन्ड मकडोनल्डले चालकको उक्त व्यवहारका लागि माफी मागेको छ । 

कम्पनीको पोस्टमा लेखिएको छ, ‘ओट्टावामा भएको हालैको घटनामा परेका सबैसँग हामी माफी माग्छौं । हाम्रा एक भ्यान चालकले अस्वीकार्य रूपमा गाडी चलाएका हुन् । यो यस्तो प्रकारको एकमात्र घटना हो र उक्त चालक अब हाम्रो
कम्पनीमा जागिरे छैनन् ।’

कम्पनीका एक प्रवक्ताले उक्त घटनाको अनुसन्धानमा कम्पनीले प्रहरीलाई सहयोग गरिरहेको बताए । 

ओट्टावा सन पत्रिकाका अनुसार, चालकले फौजदारी अभियोगको सामना गर्नेछैनन् । प्रहरीले पनि चालकलाई जागिरबाट निकालिनु आफैंमा पर्याप्त सजाय भएको मानेको छ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्