०३ असार २०८३, बुधबार

आरक्षण आतंक : भारतको महाराष्ट्रमा फैलियो हिंसा, सयभन्दा बढी बस जलाइयो

आरक्षण आतंक : भारतको महाराष्ट्रमा फैलियो हिंसा, सयभन्दा बढी बस जलाइयो

काठमाडौं – मराठीहरूलाई आरक्षण दिनुपर्ने भन्दै भारतको महाराष्ट्रमा हिंसा मच्चिएको छ । सोमवार अनेकौं भागमा आगजनी, सडक जाम, प्रहरीमाथि आक्रमण र बन्दका घटनाहरू भए । 

एक व्यक्तिले ट्रेनबाट हाम्फालेर आत्महत्या गरे । 

पुणेमा सयभन्दा बढी वाहनमा आगो लगाइएको छ । आन्दोनलनकारीहरूले मुम्बईमा जेल भर्ने आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

पुणेको चाकनमा जुलुस निकालिएको छ । अनेकौं ठाउँमा धारा १४४ लगाइएको छ । 

क्रुद्ध प्रदर्शनकारीहरूले चाकन प्रहरी चौकीमा आक्रमण गरे । हिंसामा पाँच प्रहरी घाइते भए । यसबाहेक शहरमा तीन अन्य व्यक्ति ढुंगा हानाहान हुँदा घाइते भए । 

प्रहरीले प्रदर्शनकारीहरूमाथि नियन्त्रणका लागि आँसुग्यास फ्याँक्यो । सबै राजनीतिक दलहरूले मराठी नेतालाई शान्ति र संयमका लागि अपील गरेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्