०७ असार २०८३, आइतबार

विमानमा बेस्सरी मोजा गनाएपछि यात्रुको छातीमा जलन, गराइयो आकस्मिक अवतरण

विमानमा बेस्सरी मोजा गनाएपछि यात्रुको छातीमा जलन, गराइयो आकस्मिक अवतरण

काठमाडौं – अमेरिकाको स्पिरिट एयरलाइन्सको विमानमा यात्रीहरूले गनाउने मोजाको जस्तो गन्ध आएको गुनासो गरेपछि विमानको आकस्मिक अवतरण गराइएको छ । 

साउथ क्यारोलाइनामा अवतरण गरेपछि विमानमा पाँच घन्टासम्म खोजतलाश गर्दा पनि कुनै दुर्गन्धित कुरा भेटिएन । पछि यात्रीहरूलाई अर्को उडानबाट गन्तव्यमा पठाइयो । 

यो घटना बिहीवार भएको थियो । विमान राति साढे ८ बने उडेको थियो । उडानकै क्रममा यात्रीहरूले गन्ध आएको, छाती दुखेको र गलामा पोलेको गुनासो गरे । विमानलाई बिहीवार राति १० बजे साउथ क्यारोलाइनामा अवतरण गराइयो । 
विमानमा २२० यात्री थिए । 

स्पिरिट एयरलाइन्सले बताएअनुसार, खोजी र अन्य आवश्यक प्रक्रिया पूरा गरेपछि यात्रीहरूलाई अर्को विमानबाट पठाइने निर्णय गरियो । उनीहरू पाँच घन्टा ढिलो गरी बिहान पौने ५ बजे फ्लोरिडा पुगे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्