३१ जेठ २०८३, आइतबार

यो कुकुरको मृत्युमा रोयो पूरा इटली !

यो कुकुरको मृत्युमा रोयो पूरा इटली !

काठमाडौं – एक कुकुरको मृत्युपछि इटलीका मानिस दुःखी छन् । सामाजिक सञ्जालमा मानिसहरू उससँग जोडिएका यादहरू शेयर गरिरहेका छन् । 

कुकुरका मालिकले फेसबूकमा काओस कुकुरको मृत्यु भएको जानकारी दिएपछि लाखौं मानिसले दुःख व्यक्त गरे । 

फेसबूक पोस्टलाई ६६ हजार मानिसले शेयर गरेर कुकुरलाई श्रद्धाञ्जलि दिए । 

कुकुरका मालिक फाबियानो इटोरको मृत्यु कसैले विष खुवाएको कारण भएको हो भन्छन् । 

इटोरले भावुक भएर लेखे, ‘स्वर्गमा पनि आफ्नो काम जारी राख्नू । हराएका मानिसलाई खोजिरहनू र जिन्दगीहरू बचाइरहनू ।’

काओसले सन् २०१६ को अगस्टमा इटलीमा आएको भूकम्पका बेलामा अनेकौं मानिसको ज्यान बचाएको थियो । 

उक्त भूकम्पमा परी धेरै मानिस मरेका थिए । अनेकौं घर पूरै भत्किएका थिए । ती घरमा थिचिएका मानिसलाई काओसले खोजेर निकालेको थियो । 

त्यसपछि इटलीका मानिसले उसलाई हिरो डग भनेका थिए । 

शनिवार इटोरले फेसबूकमै आफ्नो कुकुर हराएको जानकारी दिएका थिए । उनले कुकुरका बारेमा जानकारी दिन मानिसहरूलाई आह्वान गरेका थिए । 

त्यसको केही घन्टाभित्र काओसको मृत्युको सूचना उनले फेसबूकमा पोस्ट गरे । 

उनले लेखे, ‘तिमीले रातदिन मेहनत गरेका थियौ । तिमी एक बफादार मित्र थियौ । मेरा मित्र, दौड । नरोकिऊ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्