०३ साउन २०८३, आइतबार

शौचालयमा घुस माग्ने इन्जिनियर पक्राउ

शौचालयमा घुस माग्ने इन्जिनियर पक्राउ

बर्दिया – बर्दियाको गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सवइन्जिनियर रमेशकुमार गौतम बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई १० हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्