०९ साउन २०८३, शनिबार

भैरहवामा कांग्रेसको विरोध प्रदर्शन

साउन १५, २०७५
भैरहवामा कांग्रेसको विरोध प्रदर्शन

बुटवल – नेपाली कांग्रेसले मंगलवार देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आह्वानमा जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरिएको हो ।

सरकार अधिनायकवादी भएको र कर बढाएर जनतालाई भार थोपरेको भन्दै कांग्रेसले देशव्यापी विरोध कार्यक्रम गरेको हो । भैरहवामा पनि नेपाली कांग्रेसको आह्वानमा जुलुस निकालिएको थियो । 

कोणसभामा बोल्दै नेपाली कांग्रेस नेता तथा सांसद बालकृष्ण खाणले आफूहरूले आह्वान गरेको आन्दोलन सरकारविरुद्ध भएको तर सरकारलाई काम गर्न नदिन होइन कि सरकारले गरेका गलत निर्णयको विरोध गर्न भएको बताए । सरकारले बहुमत पाएको जनताको सेवा गर्न भएकाले जनता अनुकूल निर्णय गर्न उनले सरकारलाई सुझाव दिए ।

विरोध जुलुसमा नेपाली कांग्रेस नेता तथा रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरत शाह, जिल्ला सभापति अब्दुल रज्जाक, नेता देवी चौधरी, जिल्ला सचिव रामकृष्ण खाड लगायतको सम्बोधन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्