
काठमाडौं – जिम्बाब्वेमा आइतवार भएको आमनिर्वाचनमा सत्तारूढ जानु–पीएफ दलले १०९ सीटका साथ स्पष्ट बहुमत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्जले ४१ सीट मात्र जित्न सफल भएको अनि ५८ सीटको परिणाम अझै घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगले मंगलवार जनाएको छ ।
एजेन्सी