काठमाडौं – अफ्रिकी मुलुक घानामा संसद् बैठक चलिरहेको बेलामा सदस्यहरू बेस्सरी हाँसेका छन् । देशका केही गाउँहरूको अनौठो नाउँ उच्चारण भएपछि हाँसो गुञ्जेको हो ।
ती गाउँहरूको नाम गुप्तांग बुझाउने शब्द हुन्, जस्तै भजाइना, पिनस र टेस्टिकल ।
एसबीएस न्युजका अनुसार, सांसद फ्रिमपोङ ओसेइले राष्ट्रिय विद्युत् ग्रिडमा नजोडिएका गाउँको नाम लिन थाले । त्यसमध्ये एक गाउँको नाम एत्वे निम न्यान्सा अर्थात् भजाइना इज वाइज अर्थात् योनि बुद्धिमान् हुन्छ भन्ने छ ।
त्यसपछि उनले कोते ये अबोआ गाउँको नाम लिए । यसको अर्थ हुन्छ पिनस इज फूल अर्थात् लिंग मूर्ख हुन्छ ।
त्यस्तै अर्को गाउँको नाम शुआ ये मोर्बोर छ जसको अर्थ हुन्छ टेस्टिकल्स आर स्याड अर्थात् अण्डकोषहरू दुःखी छन् ।
यी नामहरू सुनेपछि घानका सांसदहरू पेट मिचीमिची हाँस्न थाले ।
ऊर्जामन्त्री बोआके अग्यारकोले संसदमा कहिलेकाहीँ यस्ता रमाइला गर्नुपर्ने बताए ।
मजाक आफ्नो ठाउँमा छ तर विश्व बैंकका अनुसार, घानाले देशभरि बिजुली पु–याउनका लागि तीव्र गतिमा काम गरेको छ । सन् १९९० मा देशको २० प्रतिशत जनसंख्यासँग मात्र बिजुली थियो भने सन् २०१६ सम्म ८० प्रतिशत नागरिकको
बिजुलीमा पहुँच छ ।
Viewer discretion advised. 🤦🏿♀️ pic.twitter.com/HnZwUnatyx
— Veronica Commey (@VeronicaCommey) July 27, 2018