३१ जेठ २०८३, आइतबार

स्विडेनको रेलवे स्टेसनमा पानी भरिएपछि मानिसले खेले पौडी

स्विडेनको रेलवे स्टेसनमा पानी भरिएपछि मानिसले खेले पौडी

काठमाडौं – मानिसको जिन्दगीमा जे उपलब्ध हुन्छ, त्यसैमा खुशी हुनुपर्छ । वर्ल्ड ह्याप्पिनेस इन्डेक्स २०१८ मा स्विडेनले नवौं स्थान पाएको छ । 

खुशी कसरी रहने भन्ने कुराको उदाहरण हालै स्विडेनमा देखियो । अघिल्लो हप्ता त्यहाँ बेस्सरी पानी प–यो । रेलवे स्टेसनमा पानी भरियो । प्रशासन अलिक चिन्तित भएपनि मानिसहरूले खुशी हुने माध्यम खोजिहाले । 

सामाजिक सञ्जालमा केही तस्वीर र भिडियोहरू आएका छन् जसमा स्विडेनका मानिस बाढीको पानीले भरिएको रेलवे स्टेसनमा पौडी खेलिरहेको देखिन्छ । यी फोटा स्विडेनको उप्सालाका हुन् । 

द लोकल पत्रिकाका अनुसार, सप्ताहान्तमा चर्को पानी परेपछि स्टेसनसँगैको सबवेमा घुँडाघुँडा पानी आयो । अनि मानिसले त्यसैलाई रमाइलो गतिविधिको स्पोट बनाए । रमाइलो कुरा त, मानिसहरू आफ्नो घरबाटै स्विमिङका सरसामान लिएर पुगेका थिए । 

स्टेसनको वातावरण पिकनिक जस्तो बन्यो । फोटोग्राफर साराह थोरेनले द लोकलसँग कुरा गर्दै भनिन्, ‘पानी सफा थियो त म भन्दिनँ तर पूलमा जस्तो मस्ती गरेपछि मैले नुहाएँ ।’

एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखे, ‘मानिसहरू मस्ती गरिरहेका छन् । तर सुरक्षाकर्मीहरूले यसो गर्न रोकिरहेका छन् । पानीमा विद्युतीय करेन्टको फ्लोको खतरा भएकाले उनीहरूले रोकेको हुनुपर्छ ।’

अहिले यो पानीलाई पम्पमार्फत बाहिर फालिएको छ र स्टेसनमा सामान्य स्थिति फर्किएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्