०२ साउन २०८३, शनिबार

पारसले आफ्नो स्पेलको पहिलो ओभरमै लिए विकेट, नेपाललाई दोस्रो सफलता

पारसले आफ्नो स्पेलको पहिलो ओभरमै लिए विकेट, नेपाललाई दोस्रो सफलता
फाइल फोटो

काठमाडौं – आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो विकेट हात पारेको छ ।

कप्तान पारस खड्काले आफ्नो स्पेलको पहिलो ओभर (समग्रमा आठौं) मा विकेट हात पारेका छन् । उनले बिन कूपरलाई एलबीडब्यल्यू धरापमा पारेका हुन् ।

यसअघि खेलको तेस्रो ओभरमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले डानियल जेम्स टेर ब्राकलाई बोल्ड गरे ।

यो समाचार तयार पार्दासम्म ८ ओभरमा नेदरल्यान्ड्सले २ विकेट गुमाएर ५० रन जोडेको छ ।

घरेलु टोलीले टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्