
काठमाडौं– प्रधानन्यायाधीशको संसदीय सुनुवाई लम्बिएसँगै समितिका सदस्यहरुको सुरक्षाका लागि पिएसओ खटाइएको छ ।
समितिका सदस्यहरुको सुरक्षा जोखिमलाई हेरेर पीएसओको व्यवस्था गरिएको हो । समिति सदस्य निरुदेवी पाललगायतलाई धम्की आएपछि पीएसओको व्यवस्था गरिएको हो ।
१५ जनामध्ये सात जनाले सुरक्षा लिएको प्रहरीले जनाएको छ ।
प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाई सकिएर निर्णय हुन सकेको छैन ।