२५ जेठ २०८३, सोमबार

अफगानिस्तानका १५० आईएस आतंकवादीले गरे आत्मसमर्पण

अफगानिस्तानका १५० आईएस आतंकवादीले गरे आत्मसमर्पण

काठमाडौं – अफगानिस्तानको उत्तरी जोजजान प्रान्तमा तालिबानी आक्रमणको सम्भावना बढेपछि इस्लामिक स्टेट (आईएस) का १५० भन्दा बढी आतंकवादीले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् । 

प्रान्तीय प्रहरी प्रमुख जनरल फकीर मोहम्मद जोजजानीले आईएस कमान्डर हबीब उल रहमानसमेत १५२ लडाकूले मंगलवार आत्मसमर्पण गरेको बताए । 

प्रान्तीय परिषद्का प्रमुख अब्दुल हई हयातले तालिबानबाट हालैका हप्तामा दुई जिल्लामा आक्रमण चर्किएपछि लडाकूहरूले आत्मसमर्पण गरेको जनाए । तालिबान र आईएस पश्चिम समर्थक सरकारलाई सत्ताच्युत गरेर कडा शरिया कानून
लागू गर्नका लागि लडाईं लडिरहेका छन् । तर उनीहरूबीच नेतृत्व, विचारधारा र रणनीतिमा मतभेद छ । 

तालिबानले एक बयानमा जोजजानमा दर्जनौं आईएस लडाकू र १३० भन्दा बढीलाई बन्धक बनाएको जनायो । आक्रमणमा १७ तालिबान लडाकू मारिएका र १३ जना घाइते भएका बताइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्