२७ जेठ २०८३, बुधबार

सांसद निरुदेवी पालमाथि यसरी भयो आक्रमण

साउन १६, २०७५
सांसद निरुदेवी पालमाथि यसरी भयो आक्रमण

काठमाडौँ- संसदीय सुुनुवाइ समितिको आजको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । 

समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको र सांसदहरुको सुरक्षाका लागि संसद् सचिवालयलाई पहल गर्न निर्देशन दिएको बताउनुभयो । समितिका सदस्यमा सुरक्षा खतरा देखिएपछि आजै सात जना सदस्यलाई सुरक्षाको व्यवस्थासमेत गरिएको छ । 

यसरी भयो ममाथि आक्रमण : सांसद पाल 

सांसद निरुदेवी पालमाथि मंगलबार साँझ ८ः१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको हो । 

सांसद पालले भन्नुभयो, “घर बाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अठ्याएर पेस्तोल तेस्र्याएर मेरो हातको मोेबाइल खोस्यो, भोलिको बैठक (संसदीय सुनुवाइ) मा गइस् भने मारिदिन्छु ।” 

मंगलबारको घटनाबारे कुरा गर्दै उहाँले भन्नुभयो, “कराइस् भने अहिले नै सिध्याइदिन्छु भन्यो, त्यसपछि त्यो व्यक्ति कता गयो मलाई त्यति होस् भएन, नजिकै तीन÷चार जना अरु मानिस पनि थिए, ती कता गए थाहा भएन ।” 

घटना लगत्तै सांसद पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमाथि भएको घटनाका बारेमा टेलिफोनमार्फत जानकारी गराउनु भएको थियो । संसदीय सुनुवाइ समितिको बैठक प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्रीले उक्त घटना सार्वजनिक नगर्न भन्नुभएपछि आफूले परिवारका सदस्यलाई पनि भन्नुभएन । आजको संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी गराएपछि सो घटना सार्वजनिक भएको हो । आजै उहाँसहित समितिका सात सदस्यलाई सुरक्षा व्यवस्था गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्