३१ जेठ २०८३, आइतबार

जिम्बाबे : प्रदर्शनकारीमाथि भएको गोली प्रहारको विपक्षी गठबन्धन एमडीसीद्वारा निन्दा

जिम्बाबे : प्रदर्शनकारीमाथि भएको गोली प्रहारको विपक्षी गठबन्धन एमडीसीद्वारा निन्दा

काठमाडौं– जिम्बाबेको राजधानी हरारेमा प्रदर्शन गरिरहेका विपक्षी दलका समर्थकमाथि प्रहरीले गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ ।

सोमबार भएको चुनावमा सत्तारुढ जानु–पिएफ पार्टीले धाँधली गरेको भन्दै एमडिसीले प्रदर्शन सुरु गरेको हो । प्रदर्शनमा रहेको विपक्षी गठबन्धन एमडिसीले प्रहरी कारबाहीको निन्दा गरेको छ । 

प्रहरीको व्यवहारले रोबर्ट मुगाबेको शासनकालको काला दिनको सम्झना गराएको एमडिसीले आरोप लगाएको छ । संसदका लागि भएको चुनावको मतगणना भइरहँदा जानु–पिएफ पार्टीले फराकिलो जित निकाल्ने देखिएको छ । तर राष्ट्रपति चुनावको परिणाम भने सार्वजनिक गरिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्