२५ जेठ २०८३, सोमबार

खानीगाउँमा घरकै धारामा पानी

खानीगाउँमा घरकै धारामा पानी

म्याग्दी- जिल्लाको मंगला गाउँपालिका–३ खानीगाउँमा रु ७२ लाखको ललागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । गाउँपालिकाअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत् रु ७२ लाखको लागतमा बफुवा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिएको हो । 

करिव ५९ घरधुरी लाभान्वित भएको सो आयोजनाका लागि परियोजनाले रु ४८ लाख ५० हजार सहयोग गरेको र स्थानीय उपभोक्ताले रु २४ लाख बराबरको श्रम तथा नगद गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले बताउनुभयो । 

सार्वजनिक धारामार्फत् खानेपानी उपभोग गर्दै आएका खानीगाउँका बासिन्दाले घरकै धारामा नियमितरुपमा सफा र स्वच्छ पानी पाउन थालेपछि समयको बचत, सुविधासँगै सरसफाइमा राहत मिलेको छ। 

उक्त परियोजनामार्फत् मंगला गाउँपालिकामा गत आर्थिक वर्षमा चार खानेपानी आयोजना सञ्चालन भएकामा बफुवासहित ४ नं वडा दुर्दीमा अर्को आयोजनासमेत सम्पन्न भइसकेको छ । यस्तै २ नं वडा कुकुरबिसौना र १ नं वडाको थाइवाङमा सञ्चालित खानेपानी आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको परियोजनाका गाउँपालिका संयोजक गंगाधर गौडेलले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्