
काठमाडौं – संसारका विभिन्न देशका नेताहरूको सुन्दरताको तुलना गर्ने वेबसाइटहरू पनि उपलब्ध छन् भन्ने पढ्दा तपाईंलाई आश्चर्य लाग्दो हो ।
यस्तै एक वेबसाइट छ हटेस्टहेडअफस्टेट डट्कम नाम गरेको । यसले संसारका देशका प्रमुखलाई रेटिङ गर्छ ।
यो सूचीमा अहिले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो छन् । उनीपछि स्पेनका पेद्रो साञ्चेज दोस्रो अनि भुटानका राजा जिग्मे खेसर नामगेयाल वाङ्चुक तेस्रो स्थानमा छ ।
तर पाकिस्तानको सामाजिक सञ्जालमा अबको केही दिनमा इमरान खानले सरकार बनाएमा उनी नै सबभन्दा ह्यान्डसम सरकारप्रमुख हुन्छन् कि भनी बहस चलेको छ ।
यसै कडीमा एक ट्विटर प्रयोगकर्ता आयशाले लेखिन्, ‘जस्टिन ट्रुडोलाई बिर्सिदिनुस् । महिला तथा सज्जनवृन्द, तपाईंसामु पेश गरिन्छ इस्लामिक गणतन्त्र पाकिस्तानका सबभन्दा ह्यान्डसम प्रधानमन्त्री इमरान खान ।’
यस्तै विचार पत्रकार राबिया अनअमले पनि राखिन् । उनले जीतपछि इमरान खानको भाषण सकिनेबित्तिकै ट्रुडो अब संसारका सबभन्दा ह्यान्डसम प्रमुख नरहेको बताइन् ।
यस्तै खालको अर्को एक सूचीमा इमरान खान पहिलेदेखि नै छन् । संसारका नौ सुन्दर राजनीतिकर्मीमा इटलीकी पूर्वमन्त्री मारा कारफागना शीर्ष स्थानमा छन् । त्यसपछि पाकिस्तानकी पूर्व परराष्ट्रमन्त्री हिना रब्बानी खार तेस्रो अनि इमरान
खान नवौं स्थानमा छन् ।
इमरान सबभन्दा ह्यान्डसम प्रमुख नेता बन्छन् कि बन्दैनन् भन्ने कुरा त रेटिङ र अन्लाइन पोलिङबाट पत्ता लाग्ला तर त्यसभन्दा अघि उनले पाकिस्तानको नेसनल असेम्ब्लीमा बहुमत साबित गर्नुपर्छ ।
आमचुनावमा पाकिस्तान तहरीक–ए–इन्साफ सबभन्दा ठूलो द लबनेको छ तर उससँग पूर्ण बहुमत छैन ।
बीबीसी हिन्दीबाट