२३ जेठ २०८३, शनिबार

गहुँको बोरामा राखेर भारतबाट नेपालतर्फ कपडा तस्करी !

गहुँको बोरामा राखेर भारतबाट नेपालतर्फ कपडा तस्करी !

वीरगञ्ज – भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको रातो कार वीरगञ्ज भन्सारमा जाँच गर्दा गहुँको बोराभित्र करीब रु दुई लाख मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले बिहीवार बिहान जाँचको क्रममा सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा पक्राउ गरेको बताए ।

भारत मोतिहारीअन्तर्गत सिमरा स्टेशन बस्ने चालक नसिबुलहकले गहुँ भनेर आफू भाडामा आएको तर गहुँको बोराभित्र कपडा छ भन्ने थाहा नभएको बताए ।

प्रहरीले पक्राउ परेकोे कपडा तथा रु छ लाख मूल्य बराबरको कार आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्