१५ असार २०८३, सोमबार

जेल भित्रै बच्चा जन्माएकी युवतीको सरकारले गर्यो कैद मिनाहा

जेल भित्रै बच्चा जन्माएकी युवतीको सरकारले गर्यो कैद मिनाहा
सा‌ंकेतिक तस्बिर

भद्रपुर–  जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी एक युवती कारागारमुक्त भएकी छिन् । 

भद्रपुर–४ की २० वर्षीया सुस्मिता गुरुङलाई सरकारले कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए । चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पुर्‍याइएकी उनले मेची अञ्चल अस्पतालमा यही साउन १० गते छोरी जन्माएकी थिइन् । 

जिल्ला प्रशासन कार्यालय झापाले तोकेको रु पाँच हजार धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएकी थिइन् । जिप्रका झापाले नै बाँकी कैद मिनाहा गरेर उनलाई रिहा गरेको कारागार प्रमुख निरौलाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्