१७ असार २०८३, बुधबार

आदिवासी जनजाति विकास कार्यक्रमको रकम अनियमितता गर्नेविरुद्ध मुद्दा दायर

साउन १७, २०७५
आदिवासी जनजाति विकास कार्यक्रमको रकम अनियमितता गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ–अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आदिवासी जनजाति विकास कार्यक्रमको रकम अनियमितता गरेको अभियोगमा भोजपुर जिल्ला साविक दुम्माना गाउँ विकास समितिका तत्कालीन पदाधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

तत्कालीन गाविस सचिव राजेन्द्र विश्वकर्मा, आदिवासी जनजाति विकास कार्यक्रम उपभोक्ता समिति, दुम्मानाका सचिव बमबहादुर श्रेष्ठ र अध्यक्ष सुन्दरकुमार मगरविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । 

आयोगले तत्कालीन गाविस सचिव विश्वकर्माले रु ८६ हजार ८७५, उपभोक्ता समितिका सचिव श्रेष्ठले रु ६ लाख ५४ हजार ४१७ र उपभोक्ता समितिका अध्यक्ष मगरले रु ६ लाख ५४ हजार ४१७ रकम भ्रष्टाचार गरेको आयोगले दावी गरेको छ । 

उहाँहरु विरुद्ध विनियोजित रकममध्ये न्यून रकम मात्र खर्च गरी बाँकी रकमको नक्कली बिल भरपाई बनाइ रकम हिनामिना गरेको आरोप लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्