१२ असार २०८३, शुक्रबार

संघीय संसद्का समितिले पाए पूर्णता

साउन १८, २०७५
संघीय संसद्का समितिले पाए पूर्णता

काठमाडौं।राष्ट्रिय सभा र प्रतिनिधिसभाका समितिले बिहीबारबाट पूर्णता पाएका छन् । बिहीबार बसेको दुवै सदनका छुट्टाछुट्टै बैठकले आ–आफ्ना समितिमा रहने सदस्यहरूको नामावली प्रस्तुत गरी पारित गरेका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मौनतामा समिति घोषणा गरेका हुन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले चारवटा समितिका सदस्यको नाम मनोनयन गरेका हुन् ।
राष्ट्रिय सभापछि बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले समिति घोषणा गरे । बैठकमा उनले १० वटा समितिका सदस्यको नाम मनोनयन गरेका हुन् । महराले बैठकमा नाम घोषणा गर्दा नेपाली कांग्रेसका सांसदहरू भने उठेर बसेका थिए । प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा गरी १० समिति रहेका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्