०१ असार २०८३, सोमबार

नेदरल्यान्ड्समा गाईको गोबरबाट बनाइयो लत्ताकपडा

नेदरल्यान्ड्समा गाईको गोबरबाट बनाइयो लत्ताकपडा

काठमाडौं – नेदरल्यान्ड्सको एक स्टार्टअप कम्पनीले गाईको गोबरबाट सेल्युलोज निकालेर त्यसबाट फेशनेबल कपडा बनाउने तरिका पत्ता लगाएको छ । यो स्टार्टअप बायोआर्ट ल्याब जलिला एसाइदीले चलाउँछिन् । 

सेल्युलोजबाट बनाइएको कपडालाई मेस्किट नाम दिइएको छ । यसबाट शर्ट र टप बनाइएको छ । स्टार्टअपले गोबरको सेल्युलोजबाट बायोडिग्रेडेबल प्लास्टिक र पेपर पनि बनाएको छ । 

एसाइदीका अनुसार, भविष्यको कपडा यही हो । उनी भन्छिन्, ‘हामी गोबरलाई मल भन्छौं । फोहोरी र गनाउने कुरा ठान्छौं । तर कपडा बनाउनका लागि शुरूमा जुन तेल प्रयोग गरिन्छ, त्यो पनि राम्रो हुँदैन । हामीले गोबरमा हुने सेल्युलोजमा भएको सुन्दरता संसारलाई देखाउनुपर्छ ।’

एसाइदी अहिले १५ जना किसानका साथ यो परियोजना चलाइरहेकी छन् । यसै वर्ष उनी औद्योगिक स्तरमा गोबर प्रशोधन इकाइ शुरू गर्दैछिन् । 

उनको यो खोजका लागि चिवाज भेन्चर एन्ड एचएन्डएम फाउन्डेसनले ग्लोब अवार्डका रूपमा दुई लाख डलर पनि दिएको छ । 

कपडा रिटेलिङ कम्पनी एचएन्डएमका सञ्चार व्यवस्थापक मालिन बोर्नले संसारमा हरेक वर्ष प्राकृतिक संसाधनको आवश्यकता बढ्दै गएको बताए । 

उनी भन्छन्, ‘त्यसैले हामीले त्यस्तो मोडलतर्फ जानुपर्छ जहाँ आवश्यक वस्तुलाई पुनः प्राप्त गर्न सकियोस् । हामी कपासको भरोसा गरेर बस्नुहुँदैन ।’

अनेकौं वस्त्रनिर्माताहरूले एसाइदीलाई मेस्टिकबाट कपडा बनाउने बताएका छन् किनकि त्यो किफायती छ । परियोजनामा जोडिएका किसानहरूले पनि आफूहरू दिनभरि गोबरले घेरिएर बस्ने भएकाले त्यसबाट बनेको कपडा लगाउन कुनै
आपत्ति नहुने बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्