२३ असार २०८३, मंगलबार

सुनीलको पहिलो शोको भिडियो एकाएक किन भयो भाइरल

सुनीलको पहिलो शोको भिडियो एकाएक किन भयो भाइरल

कपिल शर्माको कमेडी शोमा गुत्थी तथा डा. मशहूर गुलाटीको भूमिका निभाएका चर्चित कमेडियन सुनील ग्रोवर आफ्नो ४० औं जन्मदिन मनाएका हुन् । 

३ अगस्ट १९७७ मा जन्मिएका सुनिल ग्रोवरले कमेडियनको रुपमा आफ्नो करियर सुरुवात जसपाल भट्टीसँग गरेका थिए । जो चर्चित हास्य  कलाकार थिए । 

कपिल शर्माको एक भिडियोमा जसपाल भट्टीको शो फुल टेन्सनमा मा घरेलु कामदारको भूमिकामा देखिएका छन् । उनी टीआरपी नमिलेका कारण समस्यामा रहेका जसपालको खुट्टा तानिरहेका छन् । यस भिडियोमा सुनिल

ग्रोवरलाई चिन्न सकिन्न । आज सुनील ग्रोवर स्थापित हास्य कलाकार छन् । 

ग्रोवर कपिलको शो छोडेपछि आइपीएल जारी रहँदा आफ्नो वेभ सिरिज धन धना धनमा देखिएका थिए । उनी सलमान खानको फिल्म भारतमा पनि देखिने छन् । 

सुनील ग्रोवर जसपाल भट्टीको शो पछि देशको पहिलो साइलेन्ट मकेडी शो गुटुर गू बाट जोडिएका थिए । यसको २६ भागमा काम गरेका थिए । सुनील कफी विद डीमा पनि देखिएका थिए । 
 
 

salt training

कमेन्ट गर्नुहोस्