१२ साउन २०८३, मंगलबार

अर्धशतक प्रहार गर्दै सोमपालले उकासे नेपालको पारी, २ सय रन पूरा

अर्धशतक प्रहार गर्दै सोमपालले उकासे नेपालको पारी, २ सय रन पूरा

काठमाडौं – नेदरल्यान्ड्सविरुद्धको दोस्रो ओडीआईमा कप्तान पारस खड्कासँगै सोमपाल कामीले पनि अर्धशतक प्रहार गरेका छन् ।

अझै अनौठो संयोग त के भएको छ भने पारसजस्तै सोमपालले अर्थशतक पूरा गर्न छक्का प्रहार गरेको बल हराएपछि अर्को बल ल्याएर खेल सूचारु भएको छ ।

आजको खेलको पहिलो इनिङमै बल हराएको यो तेस्रो पटक हो । यसअघि पारसले २ पटक छक्का प्रहार गरेको बल हराएको थियो।

४ चौका र ३ छक्काको मद्दतले ५० रन पूरा गर्ने क्रममा सोमपालले ३८ बल खर्चिए ।

यसअघि कप्तान पारस खड्काले ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए ।

५० रन पूरा गर्ने क्रममा पारसले ६५ बल खर्चिए । सोही ओभरमा पारसले आफ्नो विकेट गुमाएका छन् ।

पारस ५१ रन बनाएर आउट भएको पारीमा सुवास खकुरेल र दीपेन्द्र ऐरी समान १९, आरिफ शेख १६, ज्ञानेन्द्र मल्ल १३, रोहित पौडेल ६, अनिल साह ४ र वसन्त रेग्मी १ रन बनाएर पेबिलियन फर्किए ।

सोमपालको शानदार पारीको मद्दतमा नेपालले ४४ ओभर ३ बलमा २ सय रनको आँकडा समेत पार गरेको छ ।

यसअघि भएको पहिलो ओडीआईमा नेपाल ५५ रनले पराजित भएको थियो ।

आजको खेल नेपालले जितेमा सिरिज बराबरीमा टुंगिनेछ भने अन्यथा नेदरल्यान्ड्सले क्लिकस्विप गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्